मेलम्चीको पानी काठमाडौँवासीलाई नियमित उपलब्ध गराउन सरकार प्रयासरत : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँ उपत्यकाको बढ्दो जनसङ्ख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन सरकार प्रयासरत रहेको बताएका छन् । सिंहदबारमा आज मेलम्ची खानेपानीको पथान्तरण पुनर्वितरणको शुभारम्भ गर्दै उनले मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्सको निर्माणको कार्य यथाशीघ्र सम्पन्न गरी दोस्रो चरणको याङ्ग्री तथा लार्के नदी डाईभर्सनको कार्यसमेत निश्चित कार्ययोजना बनाइ अगाडि बढाइने बताए…