काठमाडौं । सर्वोच्च अदालतले महिला तथा किशोरीबाट डिम्ब ननिकाल्न र भण्डारण नगर्न सरकारका नाममा आदेश जारी गरेको छ । आज न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले डिम्ब निष्कासन तथा भण्डारणको कार्य रोकेर नियमन र निगरानी प्रभावकारी बनाउन सरकारलाई आदेश गरेको हो । अधिवक्ताहरू निरब ज्ञवाली, ध्रुव भण्डारी र अङ्किता त्रिपाठीले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय,…