जेनजी आन्दोलनमा दमकल पठाउँदा ढुंगामुढा भएपछि पछाडि हट्यौं : पाण्डे

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले ‘जेनजी’ आन्दोलनकारीले आगजनी गरेका सम्पत्ति जोगाउन दमकल प्रयोग गर्न खोज्दा ढुंगामुढा भएपछि तत्काल आगो निभाउन नसकिएको बताएका छन् । बोलाइएको ठाउँमा समयमै दमकल नपठाएका कारण देशले ठूलो क्षति व्यहोर्नुपरेको जनगुनासो आएसँगै महानगर प्रहरी प्रमुख पाण्डेले यस्तो बताएका हुन् । बिहीबार (असोज २) बागदरबारमा पत्रकार सम्मेलन गर्दै…