सेनेहाङ सेवा समाजको अध्यक्षमा गणेश

तेह्रथुम । पूर्वी नेपालमा बसोबास गर्दै आएका सेच्छेरे सेनेहाङ लिम्बुहरूको साझा संस्था सेनेहाङ सेवा समाजको केन्द्रीय दोस्राे अधिवेशन सम्पन्न भएको छ । तेह्रथुम लालिगुराँस नगरपालिका-६ सुङनाममा सम्पन्न अधिवेशनले पुन: गणेश सेनेहाङलाई सर्वसम्मत अध्यक्षमा चयन गरेकाे हाे । गत बिहीबारदेखि सुरु भएको अधिवेशनले सर्वसम्मत १७ सदस्यीय कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा शेरबहादुर सेनेहाङ, इन्द्रबहादुर…