काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी)को विरोध गर्दै अमेरिकी दूतावास अगाडि प्रदर्शन गर्न गएका मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी)को विद्यार्थी संगठन अखिल क्रान्तिकारीका नेता, कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । महाराजगंजस्थित अमेरिकी दूतावासमा पुगेर एमसीसी राष्ट्रघाती सम्झौता भएको उल्लेख गर्दै खारेज गर्न दबाव दिइरहेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रदर्शनकारीहरुले दूतावास अगाडिको सडकमा…