काठमाडौं । एकैदिन मलेसियाबाट नौवटा शव र १५ वटा अस्थु नेपाल आईपुगेको छ । रोजगारीको शिलशिलामा मलेसियामा गएका र विभिन्न समयमा मृत्यु भएका नेपालीहरुको शव र अस्थु हिजो शनिबार नेपाल वायुसेवा निगमको वाइडबडी विमानले ल्याएको हो । कोभिडका कारण नियमित उडान हुन नसक्दा शव संकलन गरी एकैपटक ल्याइएको पनि वैदेशिक रोजगार वोर्डले जनाएको छ ।…