भुटानी शरणार्थी शिविरमा अमेरिकी दूतावासको टोली

झापा । विकल्पविहीन जिन्दगी बिताइरहेका भुटानी शरणार्थी शिविरको अनुगमनमा नेपालस्थित अमेरिकी दूतावासको टोली आएको छ । भुटानी शरणार्थीलाई हेर्दै आएको दातृनिकाय शरणार्थी मामिलासम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोग (युएनएचसिआर)को दमक कार्यालय बन्द भएको एक वर्षपछि केही दिनअघि टोली दमक र पथरीशनिश्चरेमा रहेको शिविरमा आएको हो । दुईवटा शिविरमा रहेका ६ हजार चार जना भुटानी शरणार्थीको अवस्था…