ब्याजदर घट्न थालेको छ : राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख डा प्रकाश श्रेष्ठले ब्याजदर घट्दो क्रममा रहेको बताएका छन् । राष्ट्र बैंकले आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थतन्त्रको तथ्यांक प्रस्तुत गर्दै श्रेष्ठले माघदेखि ब्याजदर घट्दो क्रममा रहेको जानकारी दिए । उनले गतवर्षको तुलनामा शोधनान्तर तथा विदेशी मुद्राको सञ्चिति बढ्दो क्रममा रहेको हुँदा ब्याजदर घट्ने क्रममा रहेको बताएका हुन्…