दक्षिण कोरियाले इ नाइन (E-9) भिसा भएका गैर-कोरियालीहरूले अब राजधानी सियोलका होटलहरू र पर्यटकहरू सेवाका लागि अन्य लोकप्रिय गन्तव्यहरूमा काम गर्न पाउने नीति सार्वजनिक गरेको छ । भिसा नीतिमा भएको परिवर्तनलाई सरकारी नीति समन्वय कार्यालयले आतिथ्य उद्योगमा श्रमिक अभाव पूर्ति गर्न शुक्रबार स्वीकृत गरेको हो । कोरिया सरकारले आफ्नो देशको घट्दो जन्मदरले उत्पन्न गरेको जनशक्ति…