काठमाडौं । खाडी र मलेसियामा केन्द्रित भएको वैदेशिक रोजगारी बिस्तारै युरोपेली देशतर्फ केन्द्रित हुँदैछ । गत एक वर्षमा श्रम स्वीकृति लिएरै ३९ हजार युवा युरोपेली मुलुक गएका छन् । तर ती देशसँग सरकारले सामान्य श्रम समझदारीसमेत गर्न नसक्दा श्रमिकहरू आधारभूत सुविधाबाट समेत वञ्चित भइरहेका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार पछिल्लो एक…