काठमाडौं । दशैंअघि सेयर कारोबार गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ । शुक्रबार र शनिबार सेयर बजार बन्द रहने छ। त्यसपछि आईतबार, असोज २३ गते भने दशैंको विदा सुरु हुन्छ । यस कारण सेयर बजारका लगानीकर्ताले पनि भोलीबाट बिदा पाउनेछन् । दशैंमा सरकारले सार्वजनिक विदा दिएकाले अब नेप्से करिब १ साताका लागि बन्द रहनेछ…