काठमाडौं । अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनी लिमिटेडले आईपीओ जारी गर्ने प्रस्ताव सहित साधारण सभा बोलाएको छ । यस कम्पनीले प्रिमियम मूल्यमा साधारण सेयर निष्कासन गर्ने प्रस्ताव अघि सारेको हो । सभा भदौ ३१ गते बिहान ११ बजे कम्पनीको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा सुरु हुनेछ । सभा अनलाइन अर्थात, जुम मार्फत् हुने कम्पनीले जनाएको छ । …