काठमाडौँ । मिस माल्टा चेरिस स्पीटेरी सोमबार नेपाल भ्रमणमा आइपुगेकी छन् । उनी सोमबार बिहान टर्किस एयरलाइन्सको विमानमार्फत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेसँगै नेपाल पर्यटन बोर्ड र एनआरएनए माल्टाको अगुवाइमा स्वागत गरिएको छ। उनीसहितको टोलीलाई ढाकाटोपी र पञ्जेबाजाले स्वागत गर्दै विमानस्थलमा न्यानो आतिथ्यता प्रदान गरिएको थियो । मिस माल्टासहितको टोली नेपाल भ्रमणमा आउनुले धेरै अर्थ…