धरान (सुनसरी) । धरान उपमहानगरपालिका–८ बाट आउनुभएका विनय प्रधान र निर्मला खड्का प्रधानको दम्पतीलाई गत सोमबार बिहानै पिण्डेश्वर मन्दिरमा दर्शन गर्दै गर्दा भेटिए । उनीहरुको १९ वर्षको वैवाहिक वर्षगाठ भएकाले पिण्डेश्वर मन्दिरमा पूजा गर्न आएका थिए । उनीहरुले भने, “१८ वर्ष पहिले यही मन्दिरमा हाम्रो विवाह भएकाले आज पूजा गर्नका लागि पनि यहीँ आएका हौँ…