गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विधिवतरुपमा सञ्चालनमा, पुरानो रनवे टयाक्सी वे मा प्रयोग हुँदै

भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रनवे धावनमार्गमा आजबाट उडान र अवतरण सुरु भएको छ । रुपन्देहीको भैरहवामा निर्माण सम्पन्न भई उद्घाटनको तर्खरमा रहेको विमानस्थलमा बिहान ७ बजेर १५ मिनेटमा यती एयरले पहिलाे उडान भरेर र ७ बजेर ४५ मिनेटमा बुद्ध एयरले पहिलो अवतरण गरी रनवे प्रयोगमा ल्याइएकाे हाे । १५ सय मिटर लामो धावनमार्गबाट आन्तरिक…