बाख्राको दूधबाट बनेको चीज पर्यटकको रोजाइमा

तनहुँ । बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमले उत्पादन गरेको चीज पोखरा र काठमाडौंका होटलमा माग हुने गरेको छ । बाख्राको दूधबाट बनाइएको चीज आन्तरिक पर्यटकको तुलनामा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेकाले यसको माग बढ्दै गएको हो । बाख्राको दूधमा ल्याक्टोजन नहुने र रोगसँग लड्नसक्ने प्रतिरोधात्मक शक्ति हुने भएकाले क्यान्सरका बिरामीका लागि पनि अति उत्तम मानिन्छ…