गलेश्वर । कुनैबेला पर्वत राज्यको राजधानी मानिएको ढोलठानस्थित पुरातात्विक महत्वको राजदरबारसम्म पुग्ने पदमार्ग निर्माण भएपछि अवलोकन गर्न पर्यटकको आवागमन बढ्न थालेको छ । तत्कालीन पर्वते राजा घनश्याम मल्ल र उनका छोरा मलेबम मल्लको गर्मीयामको राजधानी भएको ढोलठान दरबारसम्म पुग्न पदमार्ग निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटकका लागि सहज भएको हो । म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीको…