उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन-२०७५ सार्वजनिक गरेको छ । शिक्षा मन्त्री सुमना श्रेष्ठले यसअघिका सरकारले लुकाएर राखेको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेकी हुन् । यद्यपि उक्त प्रतिवेदन आयोगका बहुमत सदस्यले २०७७ मंसिरमा अनौपचारिक रूपमा सार्वजनिक गरिसकेका थिए । प्रतिवेदन सार्वजनिक गर्नुअघि मन्त्री श्रेष्ठले आयोगका सदस्यहरूसँग मन्त्रालयमा छलफल गरेकी…