भक्तपुर । उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुकको लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा विद्यालयको महत्त्वपूर्ण भूमिका रहने बताएका छन् । भक्तपुर दरबार क्षेत्रमा रहेको श्री पद्य माध्यमिक विद्यालय एक सय वर्षमा पुगेको अवसरमा विद्यालयमा आज आयोजना गरिएको शत्वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै उनले देशका लागि आवश्यक जनशक्ति उत्पादनमा विद्यालय लाग्नुपर्ने बताएका हुन् । उपराष्ट्रपति यादवले विद्यालयलाई उत्कृष्ट बनाउन…