शिक्षाको लगानी कसैले खोस्न सक्दैन : अर्थमन्त्री महत

नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले पढाइमा गरेको लगानी कसैले खोस्न नसक्ने बताएका छन् । नुवाकोटकाे शिवपुरी गाउँपालिका-७ स्थित श्री कुम्भेश्वर माध्यमिक विद्यालयकाे ५०ओें वार्षिकोत्सव स्वर्णजयन्तीमा डा. महतले भने, ‘अरु क्षेत्रमा गरेको लगानी मासिन, आगलागी हुनसक्छ, बाढी पहिरोले बगाउन सक्छ तर शिक्षाको लगानी कसैले खोस्न सक्दैन ।’ ‘शिक्षाको मन्दिरको प्राङ्गणमा उभिएर प्रविधिको विकाससँगै हामीले आफूलाई…