इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाको आयोजनामा भएको ‘मेरो डान्स कप यूएसए ४ र मेरो भ्वाइस कप यूएसए २’को भव्य फाइनल अमेरिकाको कोलम्बस शहरमा आयोजना गरिएको छ । उत्कृष्ट १२ सम्म अमेरिकामा नै छनोट गरेर त्यसपछि सेमिफाइनलसम्मको प्रतिस्पर्धा नेपालमा आयोजना गरिएको थियो । नेपालमा सेमिफाइनल सकेर दुबै रियालिटी शोको यूनिट अमेरिका फर्किएको थियो…