काठमाडौं । गायिका मिरा राणाको एकल सांगीतिक साँझ सम्पन्न भएको छ। ६ दशक लामो सांगीतिक यात्राका चर्चित गीतमार्फत राणाले ७४ वर्षको उमेरमा आफ्नै जीवन र संगीत यात्रालाई सम्झँदै आइतबार राजधानीमा दर्शक तथा श्रोतामाझ प्रस्तुति दिएकी हुन्। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा खचाखच दर्शकका बीच सम्पन्न मिरा राणा एकल सांगीतिक साँझमा गायिका राणाले आफूले स्वर दिएका तथा संगीत…