विनोदी, शर्मा र साकारलाई त्रिमूर्ति पुरस्कार

काठमाडौं । त्रिमूर्ति निकेतनले २०७८ सालको 'लेखनाथ काव्य पुरस्कार' छन्दकवि तथा महाकाव्यकार श्री गोविन्दराज विनोदीलाई समर्पण गर्ने निर्णय गरेको छ । यसैगरी यस वर्षको 'बालकृष्ण सम पुरस्कार' नाटक तथा चलचित्रकी जनप्रिय अभिनेत्री श्रीमती मिथिला शर्मालाई समर्पण गर्ने निर्णय गरेको छ । देवकोटा काव्य पुरस्कार' आधुनिक कवि शैलेन्द्र साकारलाई समर्पण गर्नेबारे निकेतनको पूर्व बैठकबाट निर्णय भैसकेको…