बालिबालिकालाई आजबाट टाइफाइडविरुद्धको खोप

काठमाडौं । आजबाट टाइफाइडविरुद्धको खोप अभियान शुरु हुँदैछ । सरकारले टाइफाइड रोगको जोखिमबाट जोगाउन १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउन लागेको हो । सरकारले खोप अभियानमा देशभरका झन्डै ७५ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य लिएको छ । राष्ट्रिय खोप कार्यक्रमलाई सरकारको पहिलो प्राथमिकता एवं जनस्वास्थ्यको सफल कार्यक्रमका रूपमा लिइएको छ ।…