पछिल्लो २४ घण्टामा ३ हजार १७५ जनामा सङ्क्रमण पुष्टि, १४ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ भने थप ३ हजार १७५ जना कोरोना संक्रमित थपिएका छन् । १२ हजार ६०५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ७४२ जना तथा एन्टिजेनबाट ४३३ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा ८ हजार ७२३ जना सङ्क्रमणमुक्त भएका छन् ।…