पोसिलो खानेकुरासहित सुत्केरी भेट !

खोटाङ नगरपालिका-४ खाल्लेकी सुत्केरी सलिता भण्डारी बिहीबार १६ दिनको नवजात शिशुलाई दुध चुसाइरहेकी थिइन् । त्यहीबेला गाउँघरका महिलाको टोली पोषिलो खानेकुरासहित सलिताको घरमा पुगे । टोलीमा कसैले चामल बोकेका थिए, कसैले फलफूल र गेडागुडीको पोको बोकेका थिए । ‘सुत्केरी भेट’ कार्यक्रम अन्तर्गत स्वास्थ्यचौकी खाल्ले र स्थानीय पञ्चरंगी आमा समूहको सहकार्यमा महिलाको समूहले सुत्केरीलाई पोषिलो खानेकुरासहित…