काठमाडौं । पाठेघरको मुखको क्यान्सर बनाउने एचपिभी भाइरसविरुद्धको खोप अभियानमा तीन दिनमा ३९ प्रतिशत किशोरीले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार खोप अभियान सुरु भएको तेस्रो दिन ३९.४६ प्रतिशत अर्थात् छ लाख ६१ हजार छ सय किशोरीले एचपिभी खोप लगाएका हुन । प्रदेश अनुसार कोशी प्रदेशमा एक लाख दुई हजार ९६९, मधेश…