ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरले स्वास्थ्य क्षेत्रमा सबैले सिक्न योग्य हुनेगरी काम गर्नुपर्नेमा जोड दिएका छन् । विश्व स्वयंसेवक दिवसका अवसरमा महानगरद्वारा आज ललितपुरमा आयोजित २५औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसमा बोल्दै उनले महिला स्वास्थ्य स्वयंसेविकाहरुले उत्कृष्ट काम गरेको बताए । उनले स्वास्थ्य स्वयंसेविकाहरुका लागि प्रत्येक वर्ष कुनै न कुनै…