बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर १ बुर्तिवाङमा ५० शय्याको अस्पताल सञ्चालनमा आएको छ । यो अस्पतालबाट निसीखोला, तमानखोला र बडीगाड गाउँपालिकाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् । गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले अस्पतालको सेवा प्रारम्भ गर्दै ५० शय्याको अस्पतालमा स्तरोन्नतिपछि जनशक्ति व्यवस्थापनको कामलाई अगाडि बढाइएको बताए । २०२१ सालमा दुई वटा कोठाबाट स्थापना…