काठमाडौं । देशभरका नर्सहरु आन्दोलनमा उत्रिएका छन् । न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका हुन् । शुक्रबार विरोध प्रदर्शनमा उत्रिएका नर्सहरुले सरकारीसरह सुविधाको माग राखेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०८२/०६/२४ को पत्र कार्यान्वयन, सबै स्वास्थ्यकर्मीहरूको न्यूनतम पारिश्रमिक सरकारीसरह नघट्ने गरी व्यवस्था, अतिरिक्त कार्यवापत भत्ता, ज्यालादारीको अन्त्य, तलब–भत्ता बैंकिङ…