काठमाडौं । केही हप्तायता देशभर लगातार पानी परिरहेकाले डेङ्गी सङ्क्रमण बढ्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार ७३ वटा जिल्लाका एक हजार ६ सय ५७ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । मन्त्रालयले यस वर्ष सरदरभन्दा बढी पानी पर्ने आकलन गरिएकाले मनसुनको…