नेपाल ल्याइयो पाठेघरको क्यान्सरविरुद्धको २० हजार भाइल खोप

काठमाडौँ । पाठेघरको क्यान्सरविरुद्धको २० हजार भाइल एचपिभी खोप नेपाल ल्याइएको छ। चीनबाट खरिद गरेर ल्याइएको खोप मङ्गलवार काठमाडौँ आइपुगेको हो। पाठेघरको क्यान्सर हुन नदिन प्रयोगमा ल्याइने एचपिभी अर्थात् ह्युमन प्यापीलोमा भाइरस खोप काठमाडौँ ल्याइएसँगै प्रयोगका लागि प्रदेशहरूमा पठाइने स्वास्थ्य सेवा विभागअन्तर्गतको आपूर्ति महाशाखाले जनाएको छ। ९ देखि १४ वर्ष उमेर समूहका किशोरीहरूमा लगाइने यो…