रेबिजविरुद्धको खोप निजीबाट किन्ने सरकारी अस्पतालमा लगाउने

मकवानपुर । हेटौंडा उपमहानगरपालिका-१० कर्राका नितेश लामा आफ्नो ६ वर्षीय छोरालाई रेविज बिरुद्धको खोप लगाउन मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको हेटौंडा अस्पताल पुगे । रेबिजविरुद्धको खोप सकिएको भन्दै अस्पतालको सूचना पार्टीमा सूचना टाँसिएको देखेपछि उनले निजी स्वास्थ्य संस्थाबाट खोप खरिद गरेर ल्याए र अस्पतालमा खोप लगाए । विद्यालयबाट घर फर्कदा उनको छोरालाई कुकुरले…