कार्यकारिणी समितिको बैठक बोलाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई तत्काल कार्यकारिणी समितिको बैठक बोलाउन निर्देशन दिएका छन् । उनले प्रतिष्ठानका उपकुलपति डा प्रह्लाद कार्कीलाई आज आफ्नो कार्यकक्ष सिंहदरबारमा बोलाएर समितिको बैठक बोलाउन निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले उपकुलपति डा कार्कीलाई भने, “तपाईंले पदाधिकारीलाई काठमाडौँ नबोलाउनूस्, तपाईं धरान जानूस्, कार्यकारिणी समितिको बैठक बोलाउनूस,…