काठमाडौं । हिमाल पारिको जिल्ला मुस्ताङमा यही मिति २०८० पुस महिनाको पहिलो र दोस्रो हप्ता निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । हिमालयन गुगे अर्गनाइजेसन (Himalayan Guge Organization-HGO)द्वारा आयोजना हुने उक्त शिविरमा उच्च रक्तचाप, यूरिक एसिड, जोर्नी दुख्ने, कलेजो, पेट, दम–खोकी, पिनास, पिसावसम्बन्धी रोगको उपचार हुनेछ भने सोवा रिग्पा जडिबुटीका औषधिहरू निःशुल्क वितरण गरिनेछ…