काठमाडौं । काठमाडौं महानगरपालिकासहित विश्वका आठ ठूला सहरका प्रमुखले जलवायु परिवर्तनसँगै वायु प्रदूषणको विनाशकारी चक्र र सहरी केन्द्रमा यसको गहिरो जोखिमको प्रभाव अन्त्य गर्न संयुक्त प्रतिबद्धता जनाएका छन् । यसरी प्रतिबद्धता जनाउने सहरमा नेपालको काठमाडौं महानगरपालिका, अमेरिकाको सिकागो, रोमानियाको बुखारेस्ट, ब्राजिलको फोर्टालिजा, इन्डोनेसियाको जकार्ता, बङ्गलादेशको ढाका, रवङ्दाको कीगाली र उगान्डाको काम्पला छन् । संयुक्त अरव…