काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले नर्सहरूलाई न्यूनतम पारिश्रमिक नदिने निजी क्षेत्रका अस्पतालसहितका स्वास्थ्य संस्थाहरूमाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन् । न्यूनतम पारिश्रमिक पनि नदिइ नर्सहरूलाई काममा लगाउने कुरा मान्य नहुने बताउँदै उनले त्यस्ता स्वास्थ्य संस्थाहरूमाथि अनुगमन गरी तथ्य र प्रमाणको आधारमा कारबाही हुने चेतावनी दिएका हुन् । आज आइतवार काठमाण्डौमा आयोजित…