काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राज्यबाट नेताहरुले उपचारका लागि करोडौँ रुपैयाँ लिने तर नागरिकले साधारण औषधोपचारसमेत नपाउने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद खतिवडाले सरकारले स्वास्थ्य क्षेत्रमा बजेट विनियोजन गर्दा स्थानीय तहका स्वास्थ्य संस्थाको गुणस्तर वृद्धिमा ध्यान पुर्याउन नसकेको बताए । उनले भने, ‘स्वास्थ्यलाई हामी धनको रुपमा बुझ्छौँ…