प्रदेश र स्थानीय तहका अस्पतालमा पनि बेड निःशुल्क गछौं : मन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले प्रदेश र स्थानीय तहका सरकारी अस्पतालहरुमा पनि जनरल बेड निःशुल्क गरिने बताएका छन् । सोमबार मन्त्रालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री बस्नेतले प्रदेश र स्थानीय तहका अस्पतालहरुसँग समन्वय गरेर सो कार्य अघि बढाइने बताए । बेड निःशुल्क गरेबापतको रकम हाल परिणाम नदेखिएका कार्यक्रमहरुबाट कटाएर अस्पतालहरुलाई दिइने उनले जानकारी दिए…