काठमाडौं । काठमाडौं महानगरपालिकाले बौद्धस्थित चाइनिज पिपुल्स हस्पिटलको प्रशासन शाखामा ताला लगाएको छ । सोमबार गरिएको अनुगमनका क्रममा कानुनी प्रक्रिया पूरा नगरी सञ्चालन गरेको पाइएकाले ताला लगाइएको महानगरले जनाएको छ । प्रशासनमा ताला लगाएसँगै अस्पतालमा उपचाररत बिरामी अन्यत्र सार्न महानगरले निर्देशन दिएको छ । स्वास्थ्य संस्था सञ्चालन ऐनविपरीत सञ्चालनमा रहेका तथा मापदण्ड पूरा नगरेका अस्पतालहरूलाई…