पूर्वमुख्यसचिव वैकुण्ठ अर्याल धरौटीमा रिहा

काठमाडौँ । विशेष अदालतले पूर्वमुख्य सचिव डा. वैकुण्ठ अर्याललाई धरौटीमा रिहा गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले अर्यालको बयानपछि ५० हजार धरौटी माग गर्ने आदेश गरेको हो । उनी धरौटी बुझाएर रिहा भएका छन् । अन्तःशुल्क स्टिकरको भ्रष्टाचार मुद्दामा उनी आइतबार अदालत उपस्थित भएका थिए ।…