स्पेनले जित्यो चौथो पटक युरो कप

इङ्ल्यान्डलाई पराजित गर्दै स्पेनले चौथोपल्ट युरो कप जितेको छ। स्पेनले इङ्ल्यान्डलाई २-१ गोलअन्तरले पराजित गर्दै कीर्तिमानी चौथोपल्ट उपाधि जतेको हो। जर्मनीको बर्लिनस्थित ओलम्पिया मैदानमा सोमबार बिहान सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरी सकिएको थियो। दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमै निको विलियम्सले गोल गर्दै स्पेनलाई अग्रता दिलाए थिए। अनमार्क रहेका उनले डी बक्स बाहिरबाट लामिन…