पोखरा । लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वसांसद ढाकाकुमार श्रेष्ठले अहिले कारोबार छाडेको बयान दिएका छन् । कास्की प्रहरीले उनलाई प्रहरीले बिहीबार पोखराबाट पक्राउ गरेको थियो । कास्की प्रहरी प्रमुख मोहन थापाका अनुसार बयानका क्रममा ढाकाले पहिला लागुऔषध बेच्ने गरेको स्वीकार गर्दै पछिल्लो समय उक्त कारोबार छाडेको बताएका…