हार स्वीकार गर्दै ऋषि सुनकले भने- ‘बेलायतका जनताले सम्मानजनक निर्णय गरे’

काठमाडौँ । बेलायती प्रधानमन्त्री तथा कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनकले आफ्नो हार स्वीकार गरेका छन् । उनले लेबर पार्टीका नेता कियर स्टारमरलाई विजयको लागि बधाई दिएका छन् । उनले भने, ‘बेलायतका जनताले सम्मानजनक निर्णय गरेका छन् । यसबाट धेरै कुरा सिक्न आवश्यक छ । हारको जिम्मेवारी लिन्छु । ऋषि सुनकले योर्कशायरको रिचमण्ड सिटबाट भने जितेका छन्…