बाँके । बाँकेको जानकी गाउँपालिका वडा नं. ६ स्थित बाहुबली हर्बल प्रा.लि.को कम्पाउन्ड भित्रको ग्राउन्डमा डम्प गरिराखेको सल्लो प्रजातिको काठ/खोटोमा आगलागी भएको छ । बिहीबार बिहान करिब सात बजे अचानक आगलागी भएको हो । अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । आगलागी नियन्त्रणमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल र प्रहरी उपरीक्षक तुलबहादुर कार्कीसहित…