गाजापट्टी । गाजा पट्टीका विभिन्न क्षेत्रहरूमा इजरायली आक्रमणको शृङ्खलामा कम्तीमा २१ प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्रोतहरूले बताएका छन् । मध्य गाजापट्टीको माघाजी शरणार्थी शिविरमा रहेको एउटा अपार्टमेण्टलाई लक्षित गरी गरिएको हवाई आक्रमणमा तीन बालबालिकासहित सात प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी चिकित्सा स्रोत र स्वास्थ्यकर्मीले बताएका छन् । गाजा शहरको यार्मुक स्ट्रिटमा रहेको एउटा अपार्टमेण्टमा इजरायली हवाई…