काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टिमका कप्तान मानबहादुर श्रेष्ठले सन्यास लिएका छन् । मानबहादुरले आइतबार सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै सन्यासको घोषणा गरेका हुन् । “मैले आज सन्न्यास लिने घोषणा गरेको छु । यो निर्णय लिन सहज थिएन । तर, नयाँ खेलाडीलाई मार्गप्रशस्त गर्न म यो निर्णयमा पुगेको हुँ,” भिडियोमा मानबहादुरले भनेका छन् ।…