चितवन । चेपाङ आवास कार्यक्रमअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकामा २२ वटा घर निर्माण भएका छन् । सङ्घीय सरकारको एक करोड ५० लाख रुपैयाँ सशर्त अनुदानबाट विपन्न समुदायका घर निर्माण भएका हुन् । हिजो गाउँपालिकाको वडा नम्बर ७ मा आयोजित कार्याक्रममार्फत गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले सबै वडामा निर्माण भएका घरको साँचो हस्तान्तरण गरे । उनले गाउँपालिकाका सात…