हसिना बिरुद्ध बंगलादेशको अदालतमा मुद्धा दर्ता, स्वदेश फर्किए पक्राउ पर्न सक्ने

ढाका । बंगलादेशको एक अदालतमा पूर्व प्रधानमन्त्री शेख हसिना र अन्य ६ जनाविरुद्धको मुद्धा दर्ता भएको छ । राजधानी ढाकाको मोहम्मदपुर क्षेत्रमा किराना पसलका मालिक अबु सईदको कोटा सुधारको विरोधमा भएको हत्या बिरुद्धको मुद्दालाई अदालतले स्वीकार गरेको हो । अदालतले उजुरी दर्ता (सीआर) मुद्दामा लगत्तै पहिलो सूचना रिपोर्ट (एफआईआर) रेकर्ड गर्न प्रहरीलाई आदेशसमेत दिएको छ…