पाँच कक्षापछि पढ्न पाउँदैनन निसेलढोरका बालबालिका

गलकोट । बागलुङको निसेलढोर गाउँ पुग्दा सम्झना विश्वकर्मा छोराको हेरचाहमा व्यस्त थिइन् । उमेरले १९ वर्ष भएकी विश्वकर्माले कक्षा छ मै पढाइलाई विश्राम दिइन् । उनको पढ्ने रहन नभएर होइन गाउँमा विद्यालय नहुँदा पढाइ छोडेर बिहे गरिन् । निसीखोला गाउँपालिका–५ निसेलढोरमा अशिक्षा, गरिबी र बालविवाह व्याप्त छ । त्यसैको चेपुवामा सम्झनाजस्ता धेरै किशोरीहरू परेका छन्…