काठमाडौं । काठमाडौंको मध्यबानेश्वरमा रहेको भ्याली भ्यु स्कुलमा कविता वाचन र कविता प्रतियोगिता गरी भानुजयन्ती मनाइएको छ। २११औं भानुजयन्तीका अवसरमा सत्रौं उपत्यकाव्यापी अन्तरमाध्यमिक विद्यालयस्तरीय कविता प्रतियोगितालगायत गतिविधि गरी विद्यालयले भानुजयन्ती मनाएको हो। विद्यालयले आयोजना गरेको भानुजन्तीका अवसरमा वरिष्ठ साहित्यकार प्राडा वासुदेव त्रिपाठी, कवि तथा भानु प्रतिष्ठानका अध्यक्ष डा. नवराज लम्साललगायतका कविहरूको सहभागिता रहेको थियो। कार्यक्रममा…