दमकमा परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार

विराटनगर । झापाको दमकमा कक्षा १२ को परीक्षा दिएर फर्किँदै गरेकी छात्रामाथि गोली प्रहार भएको छ । हिमालय माद्यामिक विद्यालयमा अध्ययनरत उदयपुरकी एनिका अधिकारीमाथि गोली प्रहार भएको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएकाे छ । उनी दमकमा डेरा गरी बसेर पढ्दै आएकी थिइन् । अधिकारीलाई सिरहाका अमितकुमार यादवले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।…