दाङ । सरकारले गुठिपिडित संघर्ष समितिसँग वार्ता गर्न समिति गठन गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहसचिव कृष्णप्रसाद साप्कोटाको संयोजकत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरेको हो । टोलीको सदस्यहरुमा सहायक प्रमुख जिल्ला अधिकारी, भूमि सुधार तथा मालपोत कार्यालय दाङका प्रमुख, गुठी संस्थान र स्वर्गद्धारी आश्रमका एक/एक जना प्रतिनिधि रहेका छन्…